रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको पुष्टि, क्षतिपूर्तिसहित शव उपलब्ध गराउन सरकारको आग्रह

रुसी सेनामा कार्यरत ६ नेपालीको मृत्यु भएको पुष्टि, क्षतिपूर्तिसहित शव उपलब्ध गराउन सरकारको आग्रह
सुन्नुहोस्

काठमाडौं : परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६जनाको नामसमेत सार्वजनिक गरेको छ। 

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कस्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्रले ६ जनाकै शव यथाशिघ्र नेपाल पठाइदिन रुसी सरकारलाई आग्रह गरेको छ। उसले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारसँग मागसमेत गरेको छ।  

विदेशी सेनामा नेपाली नागरिक भर्ना अुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट पारेको छ। 'रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै रुसी सेनामा भर्ना भई हालः युक्रेनमा बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्दा एनओसी अनिवार्यरूपमा लिन आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.