कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न राजदूतलाई लामिछानेको अनुरोध

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न त्यहाँस्थित नेपाली राजदूतलाई अनुरोध गरेका छन् । मलेसिया भ्रमणमा रहेका सांसद लामिछानेले नेपाली राजदूत डिल्लीराज पौडेलसँग छलफल गरेका थिए । 

मलेसियामा रहेका नेपालीको समस्याप्रति गम्भीर बन्न राजदूतलाई लामिछानेको अनुरोध

रास्वपा सभापति लामिछानेले सोमबार राजदूत पौडेलसँग मलेसियामारहेका नेपालीको समस्याबारे छलफल गरेका हुन् । 'सभापति लामिछानेले प्रवासमा रहेका नेपालीका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गर्नुभएको थियो,' लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

राजदूत पौडेलले सीमित स्रोतसाधनका कारण चाहेजस्तो सेवा दिन कठिन भएको बताएका थिए । उनले मलेसियामा रहेका नेपालीको समस्या समाधान गर्नका लागि राजदूतावासले काम गरिरहेको बताएका थिए । राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक 'मोबाइल एम्बेसी' अभियान सञ्चालन भइरहेको सांसद लामिछानेलाई जानकारी गराएका थिए ।

मलेसिया भ्रमणमा रहेका लामिछानेले त्यहाँ रहेका नेपाली प्रवासीसँग पनि छलफल गरेका छन् । उनकोसाथमा पार्टी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरा रहेका छन् । रास्वपा सभापति लामिछाने मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : मंसिर १८, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?