२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री मन्त्री साउद

काठमाडौँ — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । उडान शैक्षिक केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रम मन्त्री साउदले दक्ष जनशक्ति विदेशिने क्रमलाई रोक्नुपर्ने बताए ।

दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको छ : परराष्ट्रमन्त्री मन्त्री साउद

उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता अरु धेरै पढेलेखेका मानिसहरु विदेशिने क्रम रहेको र यसले देशको आर्थिक अवस्थालाई समेत असर परिरहेको धारणा राखे ।

दक्ष युवा जनशक्ति र क्षमतावान् व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ थियो । मन्त्री साउदले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको, तर देशले ती युवा जनशक्तिबाट लाभ लिन नसकेको बताए ।

‘डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्रीहरु बाहिरिने क्रम बढेको छ । अरु थुप्रै युवा जनशक्ति बाहिर गइरहेको छ,' उनले भने, 'देशको बुद्धिजीवी वर्ग बाहिर जानुलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । तर त्यही जनशक्ति अर्को ठाउँको भिसा पाएर अर्को देशमा गएर काम गरिरहेको छ । हाम्रो लगानीमा उत्पादन भएको त्यो मेनपावर अर्काले प्रयोग गरिरहेको छ ।'

मन्त्री साउदले युवा जनशक्तिलाई परिचालन गरेर मात्रै मुलुकले आर्थिक संमृद्धि हासिल गर्न सक्ने बताए ।

प्रकाशित : पुस ९, २०८० १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?