कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

विदेश जाने श्रमिकका लागि पूर्वअभिमुखीकरण तालिमको शुल्क वृद्धि फिर्ता लिन माग

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले लिने पूर्वअभिमुखीकरण तालिमको शुल्कमा चार गुणाले वृद्धि गरेकोप्रति नेपाल ट्रेड युनियन कांग्रेसले विरोध गरेको छ । 

विदेश जाने श्रमिकका लागि पूर्वअभिमुखीकरण तालिमको शुल्क वृद्धि फिर्ता लिन माग

नेपाली कांग्रेसनिकट पेसागत श्रमिकहरूको महासंघ ट्रेड युनियनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोष्टपेड सिम र अंग्रेजी भाषासमेत अनिवार्य उतीर्ण गनुपर्ने नियम बनाएकोप्रति समेत ध्यानाकर्षण भएको जनाएको छ । ट्रेड युनियन कांग्रेसले त्यस्तो विरोधाभाषपूर्ण निर्णय तत्काल फिर्ता लिनसमेत माग गरेको छ ।

महासचिव अजयकुमार राईले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकार देशमै रोजगारी सिर्जना गर्नेभन्दा पनि युवाहरुलाई विदेश पठाएर रेमिट्यान्सले देश चलाउने ध्यानमा देखिन्छ । यस प्रकारको नीतिले देशले निकट भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने चुनौती छर्लंग छ ।’

ट्रेड युनियनले साहुको चर्को व्याज र आफ्नो खेतबारी बन्धकी राखी वैदेशिक रोजगारीमा जान बाध्य युवाहरुलाई सहज बनाउनुको सट्टा तालिमका लागि चर्को शुल्कवृद्धि र कोरियामा जाने श्रमिकलाई पोस्टपेड सिम प्रयोगमा अनिवार्य गरेर नागरिकमाथि भार थपेको जनाएको छ ।

‘यस्तो निर्णयले नागरिकलाई भारमाथि भार थोपर्ने काम भएको छ । सरोकारवाला पक्षसँग कुनै छलफल नै नगरी मन्त्रालयले एकलौटी ढंगले यो किसिमको निर्णय ल्याउनु त्रिपक्षीयताको मुल्य मान्यता र संविधानको समेत गम्भीर उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस कोटामा कोरिया जाने श्रमिकलाई एलजीको पोष्टपेड सिम र अंग्रेजी भाषासमेत अनिवार्य उतीर्ण गनुपर्ने नियमबारे कुनै निर्णय नगरेको मन्त्री शरत्‌सिंह भण्डारीले बताए ।

प्रकाशित : पुस ९, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?