कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

युवाहरूलाई जागिर खाने भन्दा पनि कसरी रोजगारी सिर्जना गर्ने भन्ने सिकाउनुपर्छ : बस्नेत

काठमाडौँ — अबका युवाहरूलाई कसैकोमा कसरी जागिर खाने भन्दा पनि कसरी रोजगारीको सिर्जना गर्ने भन्ने शिक्षा सिकाउनुपर्ने अमेरिकाको हार्बर्ड विश्वविद्यालयका पूर्वविद्यार्थी विवेक बस्नेतले बताएका छन् । 

युवाहरूलाई जागिर खाने भन्दा पनि कसरी रोजगारी सिर्जना गर्ने भन्ने सिकाउनुपर्छ : बस्नेत

काठमाडौंमा मंगलबार आयोजित कान्तिपुर एजुकेसन समिट- २०८० को तेस्रो सत्र ‘पिरलोमा डिग्रीधारी, सीप न रोजगारी’ मा बोल्दै बस्नेतले उद्योग र कक्षाकोठाबीच सम्बन्ध कायम गर्नुपर्ने बताए । उनले शिक्षा के गर्नका लागि दिने हो भन्ने प्रश्न मूल रूमा खडा भएको पनि बताए । 'आज युवाहरूलाई म कसैकोमा आएर जागिर खान्छु भन्नेभन्दा पनि म कसरी जागिर सिर्जना गर्छु भन्ने कुरा बच्चैदेखि सिकाउनुपर्छ । अर्को कुरा, क्लासरूम नै प्रयोगशाला हुनुपर्छ । त्यहाँ सिकाइ हुनुपर्छ,' उने भने । युवाहरूलाई त्यसरी शिक्षित गरेमा मुलुकमा रोजगारीको सिर्जना हुने उनले बताए ।

शिक्षा के का लागि हो भन्ने प्रश्नबारे मनन गर्नुपर्ने पनि उनको भनाइ थियो । शिक्षा रोजगारी सिर्जना गर्नका लागि हो कि सीपका लागि हो भन्ने विषय बुझ्नुपर्ने उनले प्रश्न गरे । पढ्दापढ्दै विद्यार्थीहरूलाई स्थानीय तहमा इन्टर्नसीपको अवसर सिर्जना गर्नुपर्ने उनले बताए । युवाहरूका लागि कि त पहिले नै बजार हुनुपर्ने त्यसो होइन भने नयाँ व्यवसाय सिर्जना गर्ने शिक्षा दिनुपर्ने उनले सुझाए ।

बजारको आवश्यकता के छ भन्ने कुरा नबुझी युवाहरूलाई शिक्षा दिएमा बेरोजगारी बढ्ने बस्नेतको भनाइ थियो ।

विदेसिएका युवाहरूलाई स्वदेश फर्काउनका लागि इन्सेन्टिभ हुनुपर्ने बस्नेतको भनाइ थियो । उनले पैसाको इन्सेन्टिभ दिनका लागि मुलुकको आर्थिक अवस्थाले नभ्याउने भएकाले सम्मानको इन्सेन्टिभ गर्नुपर्ने बताए ।

नेपालमा आफ्नो रुची अनुसारको पढ्ने अवसर नभएकै कारण आफू विदेश पुग्नु परेको बस्नेतको अनुभव थियो । हार्बर्डमा शिक्षा नीति र विश्लेषणमा स्नातकोत्तर गरेका उनले भने, ‘म विज्ञान विषयको राम्रो विद्यार्थी भएर पनि अमेरिका किन पढ्न गए भन्दा मेरो रुचीमा पछ्याउने अवसर नेपालमा थिएन । मलाई कसैले दबाब दिएको होइन, स्वतःस्फूर्त ढंगले मेरो रुची अनुसार र त्यहाँको पढाइ प्रणालीले मेरो रुची थाहा पाउन सजिलो भयो ।'

२१ औं शताब्दीको प्रविधि र बजार अनुसार क्षमता बिकाउन आफूलाई ‘अपडेट’ गराउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : पुस १७, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?