१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o५:oo

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेकाे मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।

युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको मृत्यु भएको जानकारी आएकोमा थप तीनजनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ । 

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । रुस–युक्रेन लडाइँका क्रममा शाह र गिरीको १७ मंसिरमा मृत्यु भएको थियो । तर, परराष्ट्र मन्त्रालयले उनीहरूको मृत्युबारे १२ पुसमा जानकारी पाएको थियो । तर, अर्यालको मृत्यु कहिले भएको भन्ने अझै यकिन छैन । 

‘थप तीनजना नेपालीको मृत्युका विषयमा रुसले औपचारिक रूपमा कूटनीतिक च्यानलमार्फत जानकारी दिएको छ,’ परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले भने । 

यसअघि रुसी सेनामा कार्यरत कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको जानकारी आइसकेको छ । 

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले विवरणसहित खोजबिन र स्वदेश फिर्ताको प्रयासका लागि मन्त्रालयमा निवेदन दिएको सार्वजनिक गरिसकेका छन् । ती निवेदनका सम्बन्धमा परराष्ट्रले रुससँग जानकारी मागे पनि आइसकेको छैन । 

चार नेपाली युक्रेनस्थित सैनिक नियन्त्रणमा रहेको सरकारले सार्वजनिक गरिसकेको छ । राजापुर– १ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर– ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् । तर, युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ । युक्रेनमा बन्दी नेपालीको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको छ । 

ad
ad