पोल्याण्ड पठाइदिने बहानामा रकम ठगी गर्ने युवती पक्राउ

पोल्याण्ड पठाइदिने बहानामा रकम ठगी गर्ने युवती पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना युवती प्रहरी फन्दामा परेकी छन्।  पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरापलका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने  पूजा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने बहानामा  २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा  श्रेष्ठलाई सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार  लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.