१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अध्यागमनका दुई अधिकृतविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:४१:oo

फर्जी कागजातमा नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न अध्यागमनका अधिकृतविरुद्ध लिखत किर्ते तथा संगठित अपराधअन्तर्गत मुद्दा दायर गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र ताराबहादुर कुँवरविरुद्ध मुद्दा दायर गरिएको हो । दुईमध्ये नरवीरलाई प्रहरीले पक्राउ गरिसकेको छ । ताराबहादुर भने फरार छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न कार्यालयले अदालतसमक्ष माग गरेको छ । 

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले अध्यागमनका अधिकृतविरुद्ध लिखत किर्ते तथा संगठित अपराधअन्तर्गत मुद्दा दायर भएको जानकारी दिए । ‘लिखत किर्तेमा अध्यागमन कार्यालयका केही अधिकृत  संलग्न रहेको खुलेको छ । उनीहरूविरुद्ध लिखत किर्ते तथा संगठित अपराधअन्तर्गत मुद्दा दायर भएको छ । घटनाको अनुसन्धान जारी छ,’ उनले भने ।

धन्दामा अध्यागमन कार्यालयकै अर्का शाखा अधिकृत विमल पौडेल पनि संलग्न रहेको खुलेको छ । उनले पनि ट्राभल एजेन्सीबाट पटक–पटक गरी करोडभन्दा धेरै घुस रकम बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ हुने भएपछि अहिले उनी फरार छन् । उनी पूर्वगृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन पुगेका थिए । उनी यसअघि न्यौपानेको निजी सचिवसमेत रहेका थिए । सरुवापछि पनि न्यौपानेकै दबाबका कारण उनी पुनः विमानस्थलमै कार्यरत रहेका थिए ।

फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउन सघाउने धन्दामा नेपाल वायु सेवा निगमका कर्मचारी पनि संलग्न रहेको खुलेको छ । धन्दामा संलग्न रहेको पाइएपछि प्रहरीले निगमका अधिकृत ४२ वर्षीय होमनाथ पोखरेल र सुब्बा अरवीन्द्र यादवलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरेलले रोलेक्स ट्राभलका कर्मचारी सञ्जय तामाङ र राजकिशोर साहबाट १८ लाख रुपैयाँ घुस बुझेका थिए । उक्त रकम रोलेक्सका सञ्चालक देवराज खनालले उपलब्ध गराएका थिए ।

त्यस्तै, निगमका सुब्बा यादवले अन्ट्राट्रिप ट्राभलका सञ्चालक ३० वर्षीय मनुराज चौधरीबाट १२ लाख रुपैयाँ घुस बुझेका थिए । घटनमा संलग्न रहेकामध्ये ३७ अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

ad
ad