२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

रुस-युक्रेन युद्ध : लमजुङका साजन गुरुङको मृत्यु

आश गुरुङ

लमजुङ — रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु भएको छ । लमजुङको दुधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको परिवारले पुष्टि गरेको छ ।

रुस-युक्रेन युद्ध : लमजुङका साजन गुरुङको मृत्यु

मृतकका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक सामाजिक सञ्जालमा आफ्नो छोराको मृत्यु भएको खबर सार्वजनिक भएको बताए । उनका अनुसार छोरा साजनसँग २ सेकेन्डमात्रै कुरा गर्न पाएको र त्यसपछि फोन काटिएको र पटक पटक सम्पर्क गरे पनि सम्पर्क हुन सकेन ।

रुसी सेनामा भर्ना भएका उनका साथीहरूले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले गाउँमा साजनको मृत्यु भएको खबर पठाएका थिए ।

उनका अनुसार गाउँमा कसैको मृत्यु भएपछि जुठो हुने भएकाले गाउँलेलाई जुठो फुकाउन पुस २९ गते काजकिरिया समेत गरिसकिएको छ । मृतक साजनका श्रीमती र एक छोरा छन् । गाउँमा बुबाआमा छन् ।

रोजगारीका लागि असोज २ गते माल्टा जान्छु भनी गएका साजन रुसी सेनामा पुगेको परिवारलाई पछिमात्रै थाह भएको श्रीमान गुरुङले बताए । उनको मृत्युपछि गाउँ शोकाकुल बनेको वडाअध्यक्ष दुर्गामान गुरुङलले बताए ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका सचिव सुनिल सुनारका अनुसार साजन दुधपोखरी गाउँपालिका वाइसीएल अध्यक्ष समेत रहेका थिए ।

प्रकाशित : माघ २, २०८० १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?