• ३ जेठ २०८१, बिहिबार

नेपाली श्रमिकको पहिलो गन्तव्य युुएई

blog

सीता शर्मा

काठमाडौँ, माग ५ गते । चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् । 

विभागका महानिर्देशक डण्डुुराज घिमिरेले चालुु आवको सुुरुदेखि नै युुएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुुभयो । गएका दुुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकामा यस वर्षको सुुरुदेखि नै युुएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँले बताउनुभयो । 

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यस वर्ष भने सुरुदेखि नै पहिलो गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारमा ६७ हजार ५७० जनाले श्रम स्वीकृति लिएर गइसकेका छन् । तेस्रो गन्तव्य देशमा साउदी र चौथो श्रम गन्तव्य देशमा मलेसिया रहेका छन् । यस अवधिमा साउदी अरब जानका लागि ६६ हजार २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ४८ हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै यस अवधिमा कुुवेतका लागि १९ हजार ९३३ जना र दक्षिण कोरियाका लागि सात हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् । 

विभागका अनुसार चालु आव २०८०÷८१ को पहिलो छ महिनामा सबभन्दा बढी मङ्सिर महिनामा ७१ हजार २७६ जना रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८-७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए । विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो । 

विभागका अनुसार साउन २०८० मा काम खोज्दै ५५ हजार ५७५ बिदेसिएकामा पुसमा ६५ हजार ८१३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । जबकि अघिल्लो वर्षको पुुसमा ६५ हजार ४६४ नेपाली बिदेसिएका थिए । 

पुसमा बिदेसिनेमध्ये छ हजार ८४ महिला छन् । यो महिना नयाँ श्रम स्वीकृतिमा ३४ हजार ४१५ र पुनः श्रम स्वीकृतिमा ३१ हजार ३९८ बिदेसिएका छन् ।