१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विदेश पठाइदिन्छू भन्दै ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५o:oo

वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भनी रकम ठगी गर्ने २५ वर्षीय उज्ज्वलराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई हाल काठमाडाैं महानगरपालिका–६, बौद्ध बस्ने पाण्डेले विवेक सुनारसहित तीनजनालाई वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भन्दै पाँच लाख ३० हजार लिई सम्पर्कविहीन भएका थिए ।

उनले ओमान जान प्रतिव्यक्ति दुई लाख ५० हजार लाग्ने र मासिक ६० हजार तलब हुने प्रलोभनमा ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । कार्यालयको टोलीले पाण्डेलाई आइतबार बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ । 

ad
ad