१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सन् २०२३ मा चार वर्षयताकै धेरै विद्यार्थीले लिए एनओसी

२०२३ मा एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२२:oo

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो । 

अघिल्लो वर्ष सन् २०२२ मा एक लाख आठ हजार ८२९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएका थिए । त्यस्तै, २०२१ मा ४३ हजार ७०६ र २०२० मा २५ हजार तीन सय विद्यार्थीले एनओसी लिएका थिए । सोही वर्षको अगस्टदेखि डिसेम्बरसम्मको तथ्यांक डिजिटलाइज्ड गरिएको छ भने अन्य तथ्यांक एनओसी कार्यालयको ढड्डामै राखिएको छ । 

‘पछिल्लो तथ्यांकअनुसार एनओसी लिनेको संख्या धेरै देखिन्छ, कोभिडका कारण विगतका वर्षमा रोकिएका विद्यार्थी पनि यो वर्ष विदेश जाने क्रम बढेको देखिन्छ, गत वर्ष पनि तथ्यांक बढी नै थियो,’ एनओसी कार्यालयका प्रमुख शान्तिराम पौडेलले भने, ‘संख्या हेर्दा गत वर्षभन्दा यो वर्ष विदेश जाने विद्यार्थीको संख्या बढ्ने देखिन्छ ।’ 

सन् २०२३ मा सबैभन्दा बढी विद्यार्थी २७ हजार १०२ जनाले अस्टे«लियाका लागि एनओसी लिएका छन् । त्यस्तै, क्यानडामा २४ हजार ६२१, अमेरिकामा ६ हजार ८३१, दक्षिण कोरियामा तीन हजार ६१७, युकेमा ११ हजार ८६९, युएईमा दुई हजार ४६०, डेनमार्कमा एक हजार १९४, फ्रान्समा एक हजार २७५ ले अध्ययनका लागि एनओसी लिएका छन् । त्यसअघि सन् २०२२ मा सबैभन्दा धेरै अस्ट्रेलियामा ५६ हजार ३५ विद्यार्थी अध्ययनका लागि पुगेका थिए । त्यस्तै, युकेमा ६ हजार ९७८, जापानमा १६ हजार ११८, भारतमा दुई हजार ७६७, अमेरिकामा पाँच हजार ६७ लगायत गरी एक लाख आठ हजार ८२९ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएका थिए । 

सन् २०२१ मा सबैभन्दा धेरै ११ हजार ६१९ विद्यार्थीले जापानमा अध्ययनका लागि एनओसी लिएका छन् । त्यस्तै, अष्ट्रेलियाका लागि आठ हजार ५७४, अमेरिकामा चार हजार २६५, युकेमा चार हजार ४५२, युएईमा एक हजार ९६९, भारतमा दुई हजार ५७७ लगायत गरी विभिन्न देशका लागि ४३ हजार ७०६ जनाले एनओसी लिएका थिए । सन् २०२० मा अष्ट्रेलियामा चार हजार आठ सय, भारतमा दुई हजार ३२२, जापानमा आठ हजार ४५५, अमेरिकामा पाँच सय, भारतमा दुई हजार ३४७ लगायत गरी २५ हजार तीन सयले एनओसी लिएका थिए । 

०७९/८० मा कुन देश जान कतिले लिए एनओसी ?
आर्थिक वर्ष ०७९/८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका थिए । जसमा ३३ हजार ९९१ अस्ट्रेलिया, २१ हजार ५७४ क्यानडा, १० हजार ५२७ बेलायत, तीन हजार ९७० अमेरिका, दुई हजार ३८९ युएई, एक हजार ८५ डेनमार्क, ५३७ बंगलादेश, १४२ बहराइन, ५७४ जर्मनी, एक हजार २८२ फ्रान्स, ८३२ फिनल्यान्ड, १३० साइप्रस, २३१ कतार, रिपब्लिक अफ कोरिया तीन हजार ४६, ९६६ रसिया, १६४ स्विडेन, ५४२ थाइल्यान्डका लागि थिए । एनओसी कार्यालयको वार्षिक तथ्यांकअनुसार ०७९/८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि अनुमति लिने थिए । यो संख्या २९ हजार ७३४ छ । विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार दुई सय ३८ छ । जापानिज भाषा अध्ययनका लागि २१ हजार १३१ जनाले एनओसी लिएका थिए । 

ad
ad