+
+

युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरु फर्काउन सरकारसँग एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:४१

२१ माघ, काठमाडौं । नेकपा एमालेले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउन सरकारसँग माग गरेको छ ।

हिजो र आज बसेको संसदीय दलको बैठकले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउने प्रभावकारी कदम चाल्न माग गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक पदम गिरीका अनुसार, बैठकले युवा पलायन रोक्नेगरी कार्यक्रम ल्याउन सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकले पार्टीका सांसदहरुलाई निर्देशनात्मक सुझाव पनि दिएको छ । संसद् र संसदीय समितिको बैठकमा नियमित उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको प्रमुख सचेतक गिरीले बताए ।

सँगै, कानुन निर्माण, संविधान कार्यान्वयन, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रय हितका एजेण्डामा प्रभावकारी रुपमा संसदमा प्रस्तुत हुन पनि एमालेले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?