क्रोएसिया पठाइदिने बहानामा रकम ठगी गर्ने प्रहरी फन्दामा

क्रोएसिया पठाइदिने बहानामा रकम ठगी गर्ने प्रहरी फन्दामा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना प्रहरी फन्दामा परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको वषन्तपुर बस्ने ३५ वर्षीय विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठविरुद्ध रकम ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई मंगलबार बागबजारबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने,त्यसका लागि ७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट १ लाख  ४ हजार रुपैयाँ लिएर उनी फरार भएका थिए।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.