• ३ जेठ २०८१, बिहिबार

छोराको नागरिकतामा आमा अर्कै भइदिएपछि...

blog

छोटेलाल साहबाट पीडित हुनुभएकी मुस्नी खंग । तस्बिर: ललिता साह

ललिता साह 

सप्तरी, माघ ११ गते । आफैँले जन्माएको छोराको नागरिकतामा आमा भनेर अर्कैको  नाम राखिरहँदा डाक्नेश्वरी वडा नम्बर ९की महुकी बस्ने मुसनी खंग पीडित भएकी छिन । मेरो श्रीमानलाई आफ्नै लगानीमा विदेश पठाई दिनदिनै मेरो घर आएर मैले नचाहँदै छोटेलालले मसँग शारीरिक सम्बन्ध राखेको पीडित मुस्नीले सुनाउनुभयो ।

डाक्नेश्वरी वडा नं १ का छोटेलाल साहले ३० वर्ष अगाडी मैले प्रतिकार गर्दा श्रीमानलाई विदेशमै मार्न लगाइदिने लगायतका  धाकधम्की दिँदै मसँग दश वर्षसम्म जबरजस्ती  सम्बन्ध राख्दा उहाँबाट छोरा जन्मेको मुस्नी भन्नुहुन्छ । उहाँका अनुसार (छोरा १६ वर्षको हुँदा छोटेलालले आमाको नाममा आफ्नो पहिलो श्रीमती लक्ष्मी निया देवी साहको नाम राखेर आफ्नो नामबाट मेरो छोरा सुरेन्द्र खंगको नागरिकता बनाइदियो  नागरिकताको आमाको नाम थर हटाई आमाको नाममा आफ्नो पहिलो श्रीमती लक्ष्मी निया देवी साहको नाम राखेर सुरेन्द्र प्रसाद साह नामको नागरिकता बनाइदियो ।

नागरिकता बनाए लगतै छोटेलालले छोरालाई पनि विदेश पठाइदियो र छोराले कमाई पठाएको  ६० लाख जति सबै पैसा छोटेलालले नै चलाएको मुस्नीको आरोप रहेको छ । वर्षौँपछि श्रीमान् र छोरा विदेशबाट घर आयो । हामी परिवार मिलेर बसिरहँदा अहिले फेरि दिनदिनै मेरो घर आएर हामीलाई बाँधेर कुटपिट गर्छ । छोरालाई जर्वरजस्ती रक्सी किनिदिएर खान लगाउँछ । गाउँलेहरू मेरो अन्यायमा बोल्न आउँदा, मुस्नी मेरो श्रीमती हो , लाञ्छना लाउँछन् । उसले जन्माएको छोरा मेरो हो , मुस्नीलाई बिदाइ गरेर घर लग्न आएको भन्दै अरूलाई पनि अनेक गाली बेइज्जती गरी हाम्रो प्रतिष्ठामा आँच पुर्‍याएर समाजमा बस्न दिएको छैन। मुस्नीको श्रीमान् राजेन्द्र खंग बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ( म त विदेशमा थिए । यहाँ मेरो श्रीमतीमाथि अन्याय भएको थाहा पाएर पनि के गर्न सक्थे । आइसकेपछि सबै देखेर सहेर बसेको छु ।

छोटेलाल पैसा र पहुँचवाला धनी हुन हामी दलित गरेर खान खोज्दा अनेक अत्याचार गरेका छन्।छोरा विदेश छोडेर घर बस्न थालेपछि छोटेलालको कमाई बन्द भएको निहुँमा छोटेलालले छोरालाई कुटपिट गरेर नागरिकता खोस्यो । छोराको नागरिकता नदिएर अहिले बुहारीको नागरिकता र नातिनातिनाको जन्म दर्ता पनि बन्न सकेको छैन । आफूलाई कुटपिट गरेको भन्दै उल्टै मै माथि अनेक झूटा मुद्दा लगाई हैरान पारेको मुस्नी भन्नुहुन्छ ।  बिच्चलीमा पुर्‍याएको मुस्नीले बताउनुभयो ।

जब की छोटेलाल र श्रीमती लक्ष्मी निया देवीको जेठो छोराको नाम सुरेन्द्र कुमार साह हो । यसरी एउटै नाममा सुरेन्द्र कुमार र सुरेन्द्र प्रसाद विवरण भरी छोटेलालले दुइटै सुरेन्द्रको बुवा आफू भएको भनी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता बनाएको देखिन्छ । अधिवक्ता सुरेन्द्र यादवले जानकारी दिनुभयो । 

छोटेलालसँग मेरो अहिले पनि एक ताेला सुन र ८५ तोला चाँदी र ८५ हजार नगद रुपैयाँ लिनुपर्ने रहेको छ। त्यो समेत दिलाइदिन र मेरो सम्पत्ति प्रतिष्ठा इज्जत प्रतिष्ठासँग खेलबाड गरेको छोटेलाललाई कानुनी कारबाही गरेर मैले न्याय पाउनुपर्छ र मैले मेरो छोराको नागरिकतामा म आमा हुँ भनेर लेखिनुपर्छ भन्दै मुस्नी नागरिक समाज र पत्रकार गुहार्दै आएकी छन्।