कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घोकन्ते शिक्षाले बेरोजगारी बढायो : शेखर कोइराला 

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् । केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले बिकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन् ।

घोकन्ते शिक्षाले बेरोजगारी बढायो : शेखर कोइराला 

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

'अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउँन सक्दैन, तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन,' कोइरालाले भने ।

अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउँने र स्वदेशमै बस्नेले पनि राम्रो आय-आर्जन गर्न सक्ने उनको भनाई थियो ।

प्रकाशित : माघ १५, २०८० १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?