रसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

रसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३० वर्षीय मिलन तामाङ रहेको प्रहरीले जनाएको छ।

उनले गणेश बीसीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँ लाग्ने, त्यहाँ पुगेपछि कन्ट्रक्सनमा लेवर काम लगाइदिने भन्दै आश्वसन दिइ रकम ठगी गरेको आरोप उनीमाथि छ।

पीडितहरूबाट १ लाख ६५ हजार रकम  लिइ तामाङ सम्पर्कविहीन भएपछि उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा खोजतलासका क्रममा तामाङलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप अनुन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.