२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी गरिरहेको छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना अगाडि सारिरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा दाहालले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नका लागि आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन् ।

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी गरिरहेको छ : प्रधानमन्त्री

एमाले सांसद किरणकुमार साहले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र दबाबमा रहेकाले अर्थतन्त्रका चुनौती सामना गर्न देशभित्रै रोजगारी र आयका अवसर सिर्जना गर्ने अभियानमा लागेको जानकारी दिएका हुन् ।

'अहिले अर्थतन्त्रका प्रायः बाह्य सूचकहरू सकारात्मक छन् तर अर्थतन्त्रमा दबाब र चाप भने अहिले पनि कायम नै छ । अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ,' उनले भने, 'सरकारले आन्तरिक उत्पादन बृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ । देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नका लागि आन्तरिक रोजगारी प्रबर्धन दशक अभियानको तयारी सरकारले गरिरहेको छ ।'

प्रधानमन्त्री दाहालले सरकारले उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथि लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न, सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउन लागेको जानकारी दिएका हुन् । 'दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ । स्वरोजगार प्रबर्धनका लागि नवप्रवबर्धन र स्टार्टअपलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाइने छ,' उनले भने ।

प्रकाशित : फाल्गुन ६, २०८० १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?