कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रुसी सेनामा नेपाली भर्ना भएकोबारे राहत, सूचना र तथ्यांक दिने समझदारी भएको छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा कति नेपाली भर्ना भएका छन् भन्नेबारे रुस सरकारले नेपाललाई राहत, सूचना, क्षतिपूर्ति र तथ्यांक दिने समझदारी भएको बताएका छन् ।

रुसी सेनामा नेपाली भर्ना भएकोबारे राहत, सूचना र तथ्यांक दिने समझदारी भएको छ : प्रधानमन्त्री

उनले नेपालीहरू रुसी सेनामा गएको विषयलाई समाधान गर्न सरकार लागेको जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले रुसी सेनामा नेपाली भर्ना भएको विषय बल्ल सरकारको नियन्त्रणमा आउन लागेको बताए । 'रुसी सेनामा नेपाली गएकोबारे सरकारलाई कहिँ कतै थाहा थिएन । कोही भारत र कोही दुबईको बाटो गरी रसिया गएका छन् र सेनामा भर्ति गएका छन् भन्ने,' उनले भने, 'लडाइ भएर केही मारिएपछि थाहा भयो । कोही स्टुडेन्ट भीसामा, कोही भिजिट भिसामा गएका रहेछन् । कोही देश बाहिरबाट गएका रहेछन् ।'

सरकारले रुससरकारसँग कुरा गरेको र त्यसबारेका समस्या समाधान गर्न पहल भएको प्रधानमन्त्रीको भनाइ छ । 'सरकारले रुस सरकारसँग कुरा गरेको छ । सूचना दिने, राहत, क्षतिपूर्ति र तथ्यांक दिने भन्ने समझदारी भएको छ । सरकारको कमान्डमा चिज आउन थालेको छ, अब समाधान गर्नतिर जाँदैछौं,' प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : फाल्गुन १६, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?