कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जिफन्टले मार्च ४ लाई मजदुरहरुको पर्वका रुपमा मनाउने

काठमाडौँ — नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो ।

जिफन्टले मार्च ४ लाई मजदुरहरुको पर्वका रुपमा मनाउने

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गरे । महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ ।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ ।

फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरुसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरुको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

प्रकाशित : फाल्गुन २०, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चक्रपथ विस्तार ढिलाइ भएको भन्दै सडक विभागको कार्यलयको गेटमा धुलो थुपार्ने काठमाडौं महानगरपालिकाको कदम कस्तो लाग्यो ?