२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन् : परराष्ट्र मन्त्रालय

काठमाडौँ — रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन् : परराष्ट्र मन्त्रालय

रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

‘सबै नेपालीहरुलाई एकै स्थानमा राखेर बयान बुधबार बयान दिइएको थियो । नेपालीहरू पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका छन् । बयानका क्रममा एक जना नेपालीले दोभाषेको भूमिका निवाह गरेका थिए,’ युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उक्त कुराको जानकारी दिएको छ । युक्रेनले उनीहरूलाई कहिले छाड्छ भन्ने बारेमा पनि जानकारी गराएको छैन

लामो समयदेखि नेपाल सरकारले जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकहरुलाई रिहाइका लागि कूटनीतिक पहल गरेको थियो । युक्रेनले भने एक महिनाअघि मात्र नेपालको जवाफ फर्काएको थियो ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच करिब एक घण्टा भेटवार्तापछि युक्रेनी कब्जामा रहेका नेपालीलाई छुटाउने पहल कदम अघि बढ्ने संकेत दिएको थियो । युक्रेनले बल्ल आएर नेपालको आग्रहलाई मानेर नेपालीहरूको बयान लिएर छाड्ने संकेत गरेको हो । साथै, युक्रेनले यसअघि कब्जामा रहेका नेपालीहरूको भिडियो बनाउँदै सार्वजनिक गरेको थियो ।

प्रकाशित : फाल्गुन १८, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?