२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्ट पक्राउ

मातृका दाहाल

काठमाडौँ — प्रहरीले भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । बिहीबार राती १०: २५ बजे हिमालय एयरलाइन्सको फ्लाइटबाट उनीहरू दुबई जान लागेका थिए ।

भिजिट भिसामा दुबई जान लागेका तीन जना र एक एजेन्ट पक्राउ

घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराधान अनुसन्धान कार्यालयमा अनुसन्धानका लागि पठाइएको छ ।

'भिजिट भिसामा काममा लगाउने गरी दुबई पठाउन लागिएका एजेन्ट सहित चार जनालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ' एसएसपी शर्माले भने ।

पक्राउ पर्नेमा एजेन्ट भविलाल थापा र भिजिट भिसामा जान लागेका तेर्‍हथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीका हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठ छन् । एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा

पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ । केही समय अघि भिजिट भिसामा नेपालीलाई पैसा उठाएर विदेश पठाउने गरेको अभियोगमा अध्यागमनका नौ अधिकृतसहितलाई प्रहरीले मुद्दा चलाएको थियो ।

बिहीबार एजेन्टसहित पत्राउ पर्नेले अझै पनि भिजिट भिसामा पठाउने गिरोह सक्रिय रहेको देखिएको छ ।

प्रकाशित : फाल्गुन २५, २०८० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?