१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार o७:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रोजगारमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग महानगरको सम्झौता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:१६:oo

काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले रोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्ने गरी महानगरले सरकारी र निजीसहित २३ क्याम्पससँग सम्झौता गरेको हो । 

विभागका निमित्त प्रमुख विमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले चालू आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम एक हो । यो कार्यक्रमअन्तर्गत रोजगारमूलक सीप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्ने गरी सम्झौता गरेको हो । विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सीप नजानेका र सीपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई तालिम दिइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजारलाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने कार्यक्रमको लक्ष्य छ । 

सम्झौताअनुसार कलेजहरूले कक्षाकोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत–सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरूले महानगरपालिकामा लागत अनुमान पेस गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरबाट खटाइएका तालिम संयोजकहरूले गर्नेछन् । सीपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ ।

सूचना प्रविधिमा आधारित तालिममा धेरैको चासो छ । ‘६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशबाट हुनुहुन्छ,’ सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भने, ‘मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदूरपश्चिमबाट ८.५ प्रतिशत हुनुहुन्छ । उहाँहरूमध्ये पनि ८०.६ प्रतिशत बागमती प्रदेशमा बसोवास गरिरहनुभएको छ ।’

१२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसइई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिएका छन् । ७५.९ प्रतिशतले कुनै तालिम लिएका छैनन् । तालिम लिनेमध्ये एक वर्षभन्दा धेरै तालिम गरिसकेका आवेदकको संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले एक महिनाभन्दा कम अवधिको, १९.१ प्रतिशतले तीन महिनादेखि एक वर्षसम्मको, ९.५ प्रतिशतले ६ महिनादेखि एक वर्षसम्मको तालिम लिएका छन् ।

महानगरमा बसोवास गरिरहेका (स्थायी, अस्थायी बसोवासी तथा करदातासमेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्ति सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । महानगरपालिकाभित्र एक सय पाँचवटा व्यवस्थापन र एक सय २५ वटा प्राविधिक धारका क्याम्पसको नामावली प्राप्त भएको छ । 

 तालिमका विधा 
१) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा सिसिटिभी क्यामरा जडान तथा मर्मत तालिम । २) सफ्टवेयर डेम्लपमेन्ट तालिम । ३) प्रोफेसनल इलेक्ट्रिसियन एन्ड प्लम्बिङ तालिम । ४) सिलाइ–कटाइ तथा फेसन डिजाइनिङ तालिम । ५) कन्स्ट्रक्सन लेबर तथा मिस्त्री तालिम । ६) ब्युटी पार्लर तथा सैलुन तालिम । ७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम । ८) लाइट भेहिकल मेन्टिनेन्स तालिम । ९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ तालिम । १०) हस्तकला तथा मूर्तिकला तालिम । ११) आकासेपानी संकलन तथा रिजर्भ बोरिङ तालिम । १२) सरसफाइ तथा माली तालिम । १३) कौसीखेती (भर्टिकल फार्मिङ) तालिम । १४) हेभी इक्विपमेन्ट अपरेटर तालिम । १५) फास्टफुड–चाइनिज र इन्डियन कुक तालिम ।

१६) बारिस्ता/बेकरी तालिम । १७) बार ट्रेन्डिङ÷वेटर÷वेट्रिस तालिम । १८) होम एप्लाइन्सेस मर्मत तालिम । १९) अनलाइन रोजगार (जब) तालिम । २०) सम्पदा निर्माण तथा मर्मत तालिम । २१) प्रोसेसनल अकान्टिङ तालिम । २२) रिसेप्सनिस्ट तथा क्यासियर तालिम । २३) मार्केटिङ तथा डिजिटल मार्केटिङ तालिम । २४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ । २५) एल्मुनियम, युपिभिसी, फेब्रिकेसन तालिम । २६) टुटिस्ट गाइड तालिम । २७) सेक्युरिटी गार्ड तालिम । २८) स्पा तथा थेरापी तालिम । २९) लघु उद्यम विकास सहजकर्ता तालिम । ३०) जुत्ता बनाउने तालिम । ३१) सहकारी व्यवस्थापक तालिम । ३२) गरगहना बनाउने तालिम । ३३) विभिन्न खेलकुदका लागि । ३४) साइबर सेक्युरिटीलगायत ।

तालिमका लागि भर्ने फाराम
चालू आर्थिक वर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन २२ असोजमा सार्वजनिक सूचना जारी गरिएको थियो । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिने व्यवस्था छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सक्ने व्यवस्था छ । फाराममा सम्पूर्ण विवरण भर्नुपर्छ । शारीरिक अपांगता छ भने कस्तो खालको अवस्था हो, त्यो पनि उल्लेख गर्नुपर्छ । 

 

ad
ad